२०८१ फाल्गुन ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

जनकपुरधाम, ९ पुस ।  जनकपुरधाम उपमहानगरपालिकाको मुख्य भाग शिव चौकमा रहेको मिथिला डिपार्टमेन्ट स्टोरमा लागेको आगोले करोडौ मूल्यका सामानहरु जलेर नष्ट भएको छ ।

विहान १० बजे तीरलागेको आगो नियन्त्रणका लागि नेपाल नागरिक उड्ययन कार्यालय जनकपुर, जलेश्वर नगरपालिका, धनुषाधाम नगरपालिका, मिथिला नगरपालिका तथा क्षिरेश्वरनाथ नगरपालिकाको वारुण यन्त्रको मद्दतले आगो निभाउने प्रयास गर्दा पनि हालसम्म नियन्त्रणमा आएको छैन ।

आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा स्थानीय बाँसीले प्रयास गर्दा पनि हालसम्म नियन्त्रणमा नआएको धनुषाका प्रहरी उपरीक्षक रमेश वस्नेतले जानकारी दिए ।

आगो भिषण भएको र डिपार्टमेन्टको भित्रसम्म फैलिएकाले नियन्त्रणमा कठिनाई भएको प्रहरीले जनाएको छ । जनकपुरधाम उपमहानगरपालिकासंग वारुण यन्त्र नभएको भन्दै स्थानीयबासीले विरोध गर्दै नगरप्रमुखका विरुद्धमा नाराबाजी गरेका छन् ।

नगरप्रमुख लालकिशोर साहको विरुद्धमा स्थानीयबासीले विरोध प्रदर्शन गर्दै बारुण यन्त्र राख्न नसकेको भन्दै राजीनामाको माग गरेका छन् । यसै बीच मिथिला डिपार्टमेन्ट स्टोरका प्रबन्ध निर्देशक हरिकान्त मिश्रले ५ करोड बराबरको क्षति भएको बताए । उनले १ करोड ५० लाखको बीमा मात्र गरेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!