२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले माईतीघर मण्डलाबाट संसद विघटन विरुद्धको आन्दोलन शुरु गरेको छ ।

शुक्रबार प्रचण्ड–माधव समुहका शिर्ष नेताहरु अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहित बरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्यहरु, विघटित प्रतिनिधी सभाका सांसदहरु, राष्ट्रिय सभाका सांसदहरु र केन्द्रीय सदस्यहरु लगायतका नेता कार्यकर्ताहरु उपस्थित भएर संसद विघटन विरुद्धमा आन्दोलन शुरु गरेका हुन् ।

नेताहरुले ‘प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम खारेज होस्’, ‘हामी यहाँ छौँ’ भन्ने नारा लेखिएका प्लेकार्ड सहित नेताहरु उपस्थित भएका छन् । विरोध प्रदर्शनमा नेता कार्यकर्ताले नाराबाजी समेत गरेका थिए ।

प्रचण्ड–माधव समूहको बिहिबार सम्पन्न केन्द्रीय कमिटी बैठकले आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!