२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १२ पुस । प्रदेश १ सरकारका १ जना मन्त्री र २ राज्यमन्त्रीहरुले राजीनामा दिएका छन् । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले मुख्यमन्त्री समक्ष राजीनामा दिएका छन् ।

उनीहरु सबै जना नेकपा प्रचण्ड- माधव नेपाल समूहसँग आबद्ध हुन् ।

नेकपा भित्रको विवाद र प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय प्रतिनिधिसभा विघटनपछि विकसित घटनाक्रम र राजनीतिक असहज परिस्थितिका कारणले मन्त्री राज्यमन्त्रीको जिम्मेवारीमा रही काम गर्न असमर्थ रहेको राजीनामामा उल्लेख गरिएको छ ।

शनिबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलाई अविश्वास प्रस्तावको हस्ताक्षर अभियान सञ्चालन गरेको भन्दै बर्खास्त गरेका थिए ।

नेकपा प्रचण्ड- माधव नेपाल समूहले आइतवार मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभा भवनमा अविश्वास प्रस्ताव पेश गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!