२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १२ पुस । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपा प्रचण्ड- माधव नेपाल समूहले आइतबार मुख्यमन्त्रीविरुद्ध प्रदेश सभा भवनमा अविश्वास प्रस्ताव पेश गरेका हुन् ।

प्रचण्ड–माधव नेपाल समूहका ३७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हो । आफू समर्थक सांसदहरु आउँदै गरेको र एकैपटक भेला हुन नपाएका कारण ३७ जनाले मात्रै हस्ताक्षर गरिएको दावी गरिएको छ ।

नेकपा प्रदेशसभा संसदीय दलका उपनेता टंक आङबुहाङको नेतृत्वमा गएको टोलीले अविश्वास प्रस्ताव दर्ता गरेको हो । यो नेकपाको ६७ सदस्यको बहुमत सदस्य हुन आउँछ ।

संसद सचिवालयमा पुगेर अविश्वासको प्रस्ताव दर्ता गरेसँगै अबको मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरिएको छ । उक्त प्रस्तावको प्रस्तावक इन्द्रबहादुर आङ्बो र समर्थकमा लछुमन तिवारी रहेका छन् ।

९३ सदस्य रहेको प्रदेशसभामा नेकपाका ६७ जना सदस्य छन् । पार्टी विभाजनपछि ओली समूहमा १९ र प्रचण्ड–माधव समूहमा ४८ जना सदस्य छन् । प्रदेशसभामा नेपाली काँग्रेसका २१, जसपाका ३, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र राप्रपाक १ सदस्य छन् ।

संसद सचिवालयमा प्रस्ताव दर्ता गरेपछि प्रदेशसभाका सभामुख प्रदीप भण्डारीलाई समेत बुझाइएको थियो ।

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!