२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

बागलुङ, १३ पुस । बागलुङको जैमिनी नगरपालिका–१० राङखानी पाहीका एक युवाले भने गड्यौला बेचेर राम्रो आम्दानी गर्न सफल भएका छन् । करिब ६ वर्ष खाडीमा श्रम बेचेर नेपाल फर्कनु भएका राङखानी पाहीका ३६ वर्षीय केदार आचार्यले खाडी त्यागेर बाँझो जमिनको झाडी फाँड्दै आफ्नै देशमा उत्पादनसँग जोडिएका हुन् ।

सामाजिक सञ्जाल युटुवमा गड्यौलाको व्यवसायिक खेती देखेर आकर्षिक आचार्यले पनि बागलुङमा गड्यौलाको व्यवसायिक उत्पादन थालेका हुन् । गड्यौलाबाट मात्रै वर्षमा एक लाख ५० हजार रुपियाँ आम्दानी गर्न सफल भए ।

विगत तीन वर्षदेखि गड्यौला पालन थालेका आचार्यले अघिल्लो वर्ष (२०७६) मा एक क्वीन्टल गड्यौला बिक्रि गरेका थिए । ‘अघिल्लो वर्ष गड्यौला बेचेर मात्र १ लाख ५० हजार रुपैयाँ आम्दानी गरेँ’ उनले भने, ‘अहिले पनि एक क्वीन्टल विक्रीको लागि तयारी अवस्थामा छन् । गड्यौला खरिदको लागि म्याग्दीबाट माग भएको आचार्यको भनाई छ । खास गरि कम्पोष्ट मलको लागि गड्यौलाको प्रयोग गरिन्छ । आचार्यले सुरुमा पोखराबाट गड्यौला ल्याएर बेच्न थालेको बताए ।

पानीको मात्रा बढी सोस्ने हुँदा भूक्षय कम हुन्छ, सुक्ष्म खाद्य तत्व विरुवाले सजिल्यै प्राप्त गर्न सक्ने, गड्यौलाको मलमा खाद्य तत्व बढि हुने र बारिमा थोरै मल राखे पनि राम्रो उत्पादन दिनेहुँदा पछिल्लो समयमा कृषकहरुको रोजाईमा गड्यौला पर्न थालेको छ ।

गड्यौला हाँस, कुखुरा र माछाको दानाको लागि पनि गड्यौला बिक्रि हुने गर्दछ । पोखरामा गड्यौला पालेको विषय युट्युवमा देखेपछि त्यसैलाई पछ्याउँदै उनले व्यवसायिक रुपमा गड्यौला पालन थालेका हुन् ।

आचार्यले गाउँमा नै ‘आचार्य जैविक नमुना कृषि फर्म’ सञ्चालन गरेका छन् । फर्ममा अलैची, च्याऊ, सुन्तला किबी, चियाको नर्सरीसमेत गरेका छन् । २० रोपनी जग्गामा लगाएको अलैचीबाट मात्र वार्षिक ४ लाख रुपैयाँ आम्दानी हुने गर्दछ ।

पाँच वर्षदेखि अलैची खेति गर्दै आएका आचार्यको फर्ममा अझै एक लाख अलैचीका बिरुवा रहेका छन् । तरकारी, च्याऊबाट दुईलाख ५० हजार रुपैयाँको आम्दानी उनले बताए । विगत पाँच वर्षदेखि कृषी कर्मको लागि १८ लाख रुपियाँ लगानी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!