२०८१ फाल्गुन ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सल्यान, १४ पुस । सल्यानकाे शारदा नगरपालिका ५ रानिकोटका स्थानीयले सामूहिक बाख्रापालन गरेका छन् । पहिले एक्लाएक्लै आएका स्थानीयले अहिले सामूहिक रुपमै बाख्रापालन गर्न थालेका हुन् । शारदा नगरपालीका ४ रानिकोटकी रीता आर्चाले पहिले घरमा दुईचारवटा मात्र बाख्रा्रपाल्दै आएकी थिइन् ।

बाख्रा चराउन जंगल लैजानुपर्थ्यो तर अहिले सहज भएको उनको भनाइ छ । रानीकोटै चम्फा शाहीका घरमा पहिले घरमा रहरले एक दुई वटा मात्र बाख्रापालन गरेका थिए तर अहिले सामूहिक बाख्रापालनमा लागेपछि जंगल चराउन लैजान दुःख हटेको छ भने आम्दानी पनि भैरहेको छ ।

रानीकोटका २० घरपरिवारले सामूहिक बाख्रापालन व्यवसाय सुरु गरेका हुन् । उनीहरुले राष्ट्रिय कृषि विकास कम्पनीमार्फत चार करोड ५० लाख बराबरको लगानी गरेर सामूहिक बाख्रापालन गरेका छन् । कम्पनीमा एक जनाले एक लाख बराबरको शेयर लगानी गरेका छन् । कर्णाली प्रदेशमै बाख्रा स्रोत केन्द्रको रुपमा स्थापित गराउन उनीहरुले सामूहिक बाख्रापालन सुरु गरेका छन् । अहिले बाख्रा फर्ममा दुईसय ५० वटा बाख्रा छन् ।

‘बाख्रा स्रोत केन्द्रको रुपमा विकास गर्न खोर निर्माण र बाख्रा खरिद गर्न पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले लागत साझेदारी गरेको छ,’ राष्ट्रिय विकास कम्पनीका अध्यक्ष किरण शाहीले बताए,  ‘बाख्रा स्रोत केन्द्र स्थापना गरी जिल्लामै बोयर जातका बाख्रा उत्पादन गरेर प्रत्येक पालिकामा पु¥याउने कार्यालयले लक्ष्य लिएको छ । बाख्रालाई आवश्यक घाँसका लागि चारसय रोपनीमा घाँसखेती पनि गरिएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!