२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १४ पुस । विराटनगर महानगरपालिकाले उत्तरी प्रवेशद्वारको डिजाइन सार्वजनिक गरेको छ । साविकको स्वागत गेट भत्काएर नयाँ बनाउनु पर्ने अवस्था आएपछि महानगरपालिकाले नयाँ स्वागत गेटको डिजाइन तयार पारेको हो ।

खुला प्रतिश्पर्धाबाट महानगरले रमन श्रेष्ठ र आशिक महर्जनको तयार पारेको डिजाइनलाई स्वीकृत गर्दै उनीहरूले तयार पारेको डिजाइन फाइनल गरेको हो । विराटनगरको पहिचान दिने गरि महानगरपालिकाले नयाँ प्रवेशद्वारको डिजाइन माग गरेकोमा विभिन्न १४ कम्पनीले पेश गरेका थिए ।

सडकको चौडाई (लेन) विस्तार भएपछि साविकको पुरानो गेट भत्काउनुपर्ने अवस्था आएको हो । विस्तारित ६ लेनको सडक अनुसार स्वागतद्वार निर्माणका लागि डिजाइन तयार गरेर बोलपत्र गर्ने तयारीमा पुगिएको महानगरपालिकाका ईन्जिनियर अर्जुन थापाले जानकारी दिए ।

यो सँगै २५ मिटर सडक क्षेत्रभित्र पर्नेगरि गेट निर्माण हुने भएको छ। साढे २ करोड लागतमा चालु आर्थिक वर्ष भित्रै काम अगाडि बढाउने थापाले जानकारी दिए । डिजाइनअनुसार नयाँ गेटको माथिल्लो भागबाट अवलोकन गर्न सकिने ठाउँ गेटमै राखिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!