
देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा नेपाल लाइफ इन्सोरेन्सले मृत्युदाबी भुक्तानी कार्यक्रम सम्पन्न भएको छ । नेपाल लाइफ इन्सोरेन्सको आयोजनामा कार्यक्रम भएको हो ।
भदौ २० गते अविरल वर्षासँगै परेको चट्याङबाट देवानगञ्ज गाउँपालिका–२ का सन्तकुमार मेहताको मृत्यु भएको थियो । मृतकका ४ वर्षीया छोरी र २ वर्षका छोरा छन् । मृतक मेहताले आफ्नो नाममा नेपाल लाइफ इन्सोरेन्समा जीवन गरेका थिए ।
त्यही जीवन बीमा गरेकोले मंगलबार नेपाल लाइफ इन्सोरेन्सले मृतकको पत्नी कविताकुमारी मेहताको नाममा २ लाख तेह्र हजार र मृतकको छोरा प्रिन्स मेहता नाममा रहेको बीमा शुल्कबाट तेह्र हजार तीन सय तीस कट्टा गरी एक लाख ९९ हजार ६ सय ७० को चेक हस्तान्तरण गरेको नेपाल लाईफ इन्सोरेन्स विराटनगरको शाखा प्रमख हीरामणि भट्टराईले बताए ।
केहि दिन अगाडी देवानगञ्ज गाउँपालिका वार्ड नम्बर ६को सत्यनारायण मेहता, वार्ड नम्बर ७ को रामचन्द्र मेहता र वार्ड नम्बर २को प्रभु भगतलाई मृत्यु दावी रकम गरिसकेको कार्यक्रमको सभापति तथा एजेन्सी म्यानेजर उमेश मेहताले बताउनुभयो ।
वडाअध्यक्ष मजलुम अन्सारी र हीरामणि भट्टराईको मुख्य आतिथ्यतामा सम्पन्न कार्यक्रममा एजेन्सी म्यानेजर उमेश मेहता, रामेश्वर मेहतालगायतको सहभागिता थियो ।