२०८१ फाल्गुन ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडाैं, १६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सडक सङ्घर्षका कार्यक्रमहरू स्थगित गरी निर्वाचनको तयारीमा लग्न राजनैतिक दलहरूलाई आग्रह गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सुदूरपश्चिम प्रदेशस्तरीय काठमाडौँमा उपलब्ध नेता–कार्यकर्ताको भेलालाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रको आधार नै आवधिक निर्वाचन भएको हुनाले यसलाई सबैले स्वीकार गर्नुपर्ने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा विघटित संसद् पुनःस्थापनाको व्यवस्था नभएको बताएका छन् । नेकपाका अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापना नहुने ठोकुवा गर्दै त्यसैले चुनावको तयारीमा जुट्न आफ्ना नेताकार्यकर्ता र सबै दललाई आग्रह गरे ।

उनले यस स्थितिमा अर्काे सरकार बन्ने स्थिति पनि नभएको र संसद् पुनःस्थापना हुन नसक्ने भएकाले सडकमा आन्दोलन गर्नाको आवश्यकता नरहेको पनि जिकिर गरे । ओलीले निर्वाचनको मिति घोषणापछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आपसमा अन्तरविरोध भए पनि चुनावमा मिलेर जान प्रस्ताव गर्दा उनले अस्वीकार गरेको बताए ।

यसैगरी उनले पूर्व–पश्चिम, केरुङ–काठमाडौँ र वीरगञ्ज–काठमाडौँ रेलमार्ग निर्माण हुने अठोट व्यक्त गर्दै विभिन्न विमानस्थल र पूर्वाधार विकास-निर्माण तीव्र गतिले भइरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!