२०८१ चैत्र १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर १६ पुस । नेकपा प्रचण्ड–माधव समूहले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएको छ । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको यो समूहले भीम आचार्यलाई मुख्यमन्त्रीमा अगाडि सार्दै राईलाई हटाएको हो ।

कानूनी रुपमा विभाजनको नभईसकेको नेकपाको संसदीय दलका ३६ जनाको हस्ताक्षरसहित दलको नेताबाट राईलाई हटाएर भीमप्रसाद आचार्यलाई चयन गरिएको पत्र प्रदेशसभामा दर्ता गरिएको छ ।

बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर आचार्यलाई दलको नेता चयन गरेको दावी छ ।
प्रदेश १ मा नेकपाका ६७ सांसद छन् । अविश्वासको प्रस्तावमा ३७ जनाले राई विरुद्ध हस्ताक्षर गरेकाको बैठकमा भने ३६ जना मात्रै उपस्थित रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!