२०८१ फाल्गुन ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडाैं, १६ पुस । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले अर्गानिक(जैविक) खेती प्रणालीलाई प्रोत्साहन हुने खालका कार्यक्रम बनाउन कर्मचारीलाई निर्देशन दिएकी छन् । मन्त्रालयको कार्यभार सम्हालेसँगै मातहतका निकायको जानकारी लिने क्रममा बिहीबार कृषि विभाग र पशु सेवा विभागमा पुगेर मन्त्री अर्यालले रासायनिक मलको प्रयोग पूर्णरुपमा बन्द गर्न सक्ने अवस्था अहिले नै नभए पनि यसलाई विस्तारै कम गर्दै लैजानुपर्ने बताइन् ।

“अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन गर्नुपर्छ, रासायनिक मलको प्रयोग अहिले भर्खरै बन्द गर्ने अवस्था छैन”, उनले भनिन्, “तर अब प्राङ्गारिक मलमा जोड दिउँ, रासायनिक मलको प्रयोगमा न्यूनीकरण गर्न प्राङ्गारिक मलको उत्पादन र प्रयोग वृद्धि गर्दै लैजाऔँ ।”

चक्लाबन्दी खेती प्रणाली कार्यक्रम जनस्तरबाट शुरु हुनुपर्ने उल्लेख गर्दै उहाँले तलबाट नै किसानलाई प्रेरित गर्ने गरी कार्यक्रम बनाउनुपर्ने र कृषकले कृषि कर्म गर्नका निम्ति मल, बीउ, बेर्ना पाउन सकेनन् भन्ने समस्याको अन्त्य गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिइन्  ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!