२०८१ फाल्गुन ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १८ पुस ।आरती स्ट्रीप्स प्रालिको बैङ्क खाता रोक्का गर्न श्रम कार्यालय विराटनगरले पत्राचार गरेको छ । निर्देशन उल्लंघन गरेको भन्दै श्रम कार्यालय विराटनगरले स्ट्रीपका नेपालभरिका सबै बैंकका खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयलाई पत्राचार गरेको हो ।

श्रम कार्यालय विराटनगरले कामबाट हटाइएका कामदारलाई तीन दिनभित्रमा पुनबर्हाली गर्न निर्देशन दिएको थियो । तर उद्योगले श्रमको निर्देशनको अवज्ञा गर्दै कामदारलाई गेट प्रवेशमा रोक लगाएको थियो । उद्योगले प्रवेश गर्न नदिएपछि कामदारहरु पुन श्रम कार्यालय पुगेका थिए ।

ऐन उल्लंघन हुने गरि आरती स्ट्रीपले १८४ जना मजदूरलाई विना कारण निष्काशन गरेको र त्यसको पुनर्वहालीका लागि श्रम कार्यालयले दिएको निर्देशन नमान्नुका साथै श्रम ऐन २०७४ को दफा १६७ बमोजिम कारवाही प्रक्रिया अघि बढाएको श्रम कार्यालयले बताएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!