
विराटनगर, १८ पुस । सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिका-४ स्थित इलाका प्रहरी कार्यालय हरिनगरामा कार्यरत प्रहरी हवल्दार छ हजार घुस लिँदैगर्दा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसंधान आयोग इटहरीको टोलीले प्रहरी हवल्दार भोला यादवलाई छ हजार रकमसहित पक्राउ गरेको हो ।
भारतबाट घरायसी सामान ल्याउन सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा यादवलाई पक्राउ गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।
अतिरिक्त रकम लिई तत्कालै खाजा होटल सञ्चालन गर्ने स्थानीय व्यापारी विनोद साहलाई राख्न दिएको अवस्थामा रकमसहित दुवै जनालाई हरिनगर गाउँपालिका–४ हरिनगरा बजारबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले जानकारी दिए ।