२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               
विराटनगर, १९ पुस । मोरङको विराटनगर महानगरपलिका-१६ हुलास चोकबाट नियन्त्रित लागुऔषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ईटहरी उप-महानगरपालिका-२ का ३२ वर्षीय अमित लिम्बू र २७ वर्षीय हेमराज बस्नेत रहेका छन् ।
विषेश सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले बा २ च ६१११ नम्बरको कारलाई चेकजाँच गरेकाे थियो । चेकजाँचका क्रममा उक्त कारभित्रबाट लागुऔषध डाईलक्स डि.सी १ गिलेन, नाईट्राभेट २४ ट्याब्लेट र स्पास्मोप्रोक्सिवन ८ ट्याब्लेट बरामद गरेको छ ।
लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!