२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

पथरी, २१ पुस । मोरङको पथरीशनिश्चरेमा तीन दशक देखि बसोवास गर्दै आएका भूटानी शरणार्थीहरूको सङ्गठन (वाईएफसी)ले अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कफ फुटबल प्रतियोगिता २०२१ आयोजना गर्ने भएको छ । २०२१ मा शरणार्थी च्यालेन्ज कप फुटबल प्रतियोगिता पाँचौं संस्करण हुन लागेको हो ।

पथरीमा पत्रकार सम्मेलन गर्दै वाईएफसीले यस अघि नेपाल ,भारत, भूटान र बंगलादेशका खेलाडीहरू सहभागी हुने गरेको प्रतियोगितामा यो वर्ष नेपाल र भूटानका खेलाडी मात्र सहभागी हुने जानकारी गराएको छ । प्रतियोगितामा १४ वटा फुटबल टिमले प्रतिस्पर्धा गर्नेछन् । शरणार्थी शिविरबाट पुनर्वासमा तेस्रो मुलुक गएका नेपाली भूटानीहरूको सौजन्यमा प्रतियोगिताको आयोजना हुन लागेको वाइएफसीका अध्यक्ष करण राईले बताए ।

राईका अनुसार प्रतियोगितामा काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा ,पथरीशनिश्चरे फुटबल क्लब,बिन्ध्यवासिनी फुटबल क्लब विराटनगर,वीवाईसी बेलडाँगी झापा,फेयर फुटबल क्लव धरान,बेलबारी फुटबल क्लब बेलबारी,वाईएफसी पथरी र योङ ब्रदर्स फुटबल क्लबले प्रतियोगितामा भाग लिनेछन् । यस्तै नवोदय फुटबल क्लब पथरीशनिश्चरे,उर्लाबारी, फुटबल क्लब,धरान सिटी एकाडेमी,फेन्स क्लब भूटान,वाईएफसी पथरी (ए) र लेटाङ फुटबल क्लबले प्रतियोगितामा सहभागिता जनाउने भएका छन् ।

प्रतियोगिताका बिजेतालाई एक लाख एक हजार रुपियाँ नगद सहित ट्रफि र प्रमाणपत्र एवं उप विजेतालाई ५१ हजार रुपियाँ नगद र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितालाई तत्कालीन भूटानी शरणार्थी शिविरका सेक्टर (आई) का प्रमुख कृष्ण सोक्तेन राईले गर्ने भएका छन्र  ।

राई हाल अमेरिकामा छन् । प्रतियोगिता आयोजना गर्न १२ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ । माघ २ गते बाट पथरीशनिश्चरेस्थित रङ्गशालामा हुने प्रतियोगितालाई पुनर्वासमा गएका नेपाली शरणार्थीहरू कार्यरत इन्टरनेश्नल वेलफेयर एण्ड सपोर्ट,गौतम एरी इन्सुरेन्स,इन्टरनेश्नल होम केयर,अमेरिकेयर हेल्थ सर्भिस लिङ्कले सपोर्ट गर्ने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!