२०८२ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

झापा, २१ पुस । झापामा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएकाे छ । झापाको कन्काई नगरपालिका-५ मा टिपरले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक झापा गाउँपालिका-३ का १९ वर्षीय सागर लिम्बूको मृत्यु भएकाे हो ।

सोमबार दिउँसो ३ बजेको समयमा बा २ ख ९२८४ नम्बरको टिपरले को ६ प २०८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा लिम्बूको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।

मोटरसाईकललाई ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!