
विराटनगर, २१ पुस । नयाँ प्रकारको कोरोनाभाइरस फैलिन थालेपछि बेलायतमा फेरि लकडाउन घोषणा गरिएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार देशव्यापी लकडाउन घोषणा गरेका हुन् ।
उनले लकडाउन फेब्रुअरी मध्यसम्म लागू हुने जानकारी दिए । उनले आम नागरिकलाई फेरि पनि घरमै बस्न आह्वान गरेका छन् । अत्यावश्यक कामका लागि मात्रै बाहिर निस्कन आग्रह गर्दै उनले गत वर्षको मार्चमा जस्तै उच्च सतर्कता अपनाउनु पर्ने अवस्था रहेको बताए ।
कोरोना भाइरसविरुद्धको खोप प्रयोग गर्ने पहिलो राष्ट्र भएपनि बेलायतमा नयाँ प्रकारको कोरोनाभाइरस तीव्र रूपमा फैलिन थालेको छ ।