
विराटनगर, २१ पुस । सामान्यतया मानिसहरुले अण्डालाई पनि मांसाहारी भन्ने गर्दछन् । यद्यपि, केही मानिसहरु अण्डालाई शाकाहारी मानेर खाने गर्छन् । तर आखिर अण्डा के हो त ? मांसाहारी कि शाकाहारी ?
वैज्ञानिकहरुले पत्ता लगाएको नयाँ तथ्यले अण्डा शाकाहार हो वा मांसाहार भन्ने दुविधा अन्त्य गरिदिएको छ । पछिल्लो शोधअनुसार अण्डा पूर्णतया शाकाहारी भोजन भएको पुष्टि भएको छ ।
पोथीमा भाले लागेर अर्थात् गर्भाधान भएर तयार भएको अण्डा मांसाहारी भएपनि भोजनको प्रयोजनले गर्भाधानविनै उत्पादन गरिएका अण्डा भने शाकाहर भएको वैज्ञानिकहरुले शोधमर्फत पुष्टि नै गरिदिएका छन् ।
बजारमा खाद्य प्रयोजनले राखिएका अण्डा बतासे वा गर्भाधान नगरी बिक्रीका लागि राखिएका हुन्छन् । यी अण्डाबाट चल्ला कोरल्न मिल्दैन । त्यस्ता अण्डाहरुलाई विज्ञानले शाकाहारी श्रेणीमा राखिदिएको छ ।
अण्डामा तीन वटा प्रष्ट तह हुन्छन् । पहिलो- बाहिरी बोक्राको तह, दोस्रो- सेतो भाग र तेस्रो- पहेलो भाग । सेतो भाग प्रोटिनको निकै उत्कृष्ट स्रोत हो । त्यसमा प्राणीको कुनै हिस्सा नहुने भएकाले अण्डाको त्यो भाग पूर्णरूपमा शाकाहारी भएको वैज्ञानिकहरु बताउँछन् ।
पहेँलो भागमा प्रोटिनसँगै ” कोलेस्ट्रोल ” र फ्याट पनि पाइन्छ। अण्डाको पहेँलो भाग पनि शाकाहारी नै हुन्छ । यसमा पनि प्राणीको कुनैपनि प्रकारको हिस्सा हुँदैन । अण्डाका पारखीहरुले अब ढुक्क भए हुन्छ । शाकाहारी नै भएपनि बच्चा नकोरेलिने बतासे अण्डा जति पनि खान सकिन्छ ।