
काठमाडौं, २२ पुस । टोटनहमले काराबाओ कपको फाइनलमा स्थान बनाएको छ । गए राति भएको सेमिफाइनल खेलमा दोस्रो डिभिजनको क्लब ब्रेन्टफर्डमाथि २–० गोलको जित निकाल्दै टोटनहम फाइनलमा पुगेको हो ।
घरेलु मैदानमा टोटनहमलाई जिताउन मौसा सिसोको र सन् हिउङ–मिनले एक–एक गोल गरे । अब टोटनह्यामले उपाधिका लागि म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडबीचको विजेतासँग खेल्नेछ ।
सिटी र युनाइटेडआज राति १ः३० बजे ओल्ड ट्राफोर्डमा भिड्दैछन् । फाइनल खेल अप्रिलमा हुनेछ । फाइनल वेम्बलीमा अप्रिल २५ मा हुनेछ । दर्शकको प्रवेशको सम्भावना कायम राख्न फाइनल पछाडि सारिएको हो ।
टोटनहमले लिगकप चार पल्ट जितिसकेको छ, तर सन् २००८ को यही प्रतियोगिताको फाइनलमा चेल्सीलाई हराएयता कुनै ठूलो उपाधि जित्न सकेको छैन ।