२०८१ फाल्गुन १       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, २३ पुस । होटल व्यवसायी महासङ्घ नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालसमक्ष होटल व्यवसायले बेहोर्नुपरेका समस्या समाधानका लागि आग्रह गरेको छ ।

महासङ्घका अध्यक्ष हीराध्वज शाह नेतृत्वको प्रतिनिधि मण्डलले होटल व्यवसायीलाई घर बहालमा सहुलियत दिने, कोभिडका कारण अस्तव्यस्त बनेको होटल व्यवसाय चलायमान बनाउन मौद्रिक नीतिअनुसार राहत दिनुपर्नेजस्ता विषयमा पर्यटनमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

त्यसैगरी बैङ्कले सहज रूपले कर्जा उपलब्ध नगराएको, सङ्क्रमण कालभर व्यवसाय गरेबापत तिर्नुपर्ने सम्पूर्ण राजस्व मिनाहा गरिदिनुपर्ने तथा तालिम सञ्चालन गर्नेजस्ता विषयमा पनि मन्त्रीको ध्यानाकर्षण गराएको जनाइएको छ । महासङ्घका मागप्रति पर्यटनमन्त्री सकारत्मक रहेको महासङ्घले जनाएको छ ।

प्रतिनिधि मण्डलले गृहमन्त्री रामबहादुर थापा तथा गृह सचिव महेश्वर न्यौपानेसँग समेत भेट गरी होटल व्यवसायीले होटल सञ्चालन गर्ने समय तालिका राति ९ः०० बजेबाट बढाई ११ः०० बजेसम्म लागू गर्न माग गरेको छ । साथै नेपालका अन्तरदेशीय थप सीमा नाका खुलाउन माग गरेकामा त्यसमा मन्त्रीको सकारात्मक जवाफ रहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!