२०८१ फाल्गुन ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

अमेरिका , २३ पुस । अमेरिकामा हालै सम्पन्न निर्वाचन परिणमको विषयलाई लिएर राष्ट्रपति डोनाल ट्रम समर्थक भीडले गरेको प्रदर्शनमा एक जनाको मृत्यु भएको छ । साथै बढ्दाे हिंसा राेक्न डीसी क्षेत्रमा कर्फ्यु लगाइएकाे छ ।

यसैबीच अमेरिकाको वहुप्रतीक्षित जर्जियाको सिनेटर पदको पुननिर्वाचनमा डमोक्रेटिक पार्टीका उम्मेदवार राफेल वारनक र जोन ओसोफ झिनो मतान्तरले विजयी भएका छन् । वारनक र ओसोफको यो विजयले छ वर्षपछि डेमोक्रेटिक पार्टीलाई सिनेटमा वहुमत पुगेको छ ।

‘जर्जिया जितेर अमेरिका परिवर्तन गरौँ’ भन्ने नाराका साथ अगाडि बढेको डेमोक्रेटिक पार्टीको यो विजयले अब माथिल्लो सदनसिनेटमा दुवै पक्षका ५०।५०जनासिनेटर पुगेका छन् र निर्णायक मत सिनेटको अध्यक्ष उपराष्ट्रपतिले दिन पाउने कानुनी व्यवस्थाले डेमोक्रेटिक पार्टीको पल्लाभारी भएको छ । र, राष्ट्रपतिमा निर्वाचित जो वाइडेन शक्तिशाली राष्ट्रपतिका रुपमा रहनेछन् । उनलाई लगाम लगाउने कोही हुने छैनन् । उनले बिग्रदै गएको विश्वसँगको सम्वन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।

मंगलवार सम्पन्न निर्वाचनको मत गणनाको परिणाम अमेरिकी समय अनुसार वुधवार साँझआउँदा दुवै पद डेमोक्रेटिक पार्टीका उम्मेदवारको पक्षमा गएको थियो । ५१ वर्षीय वारनकले ५० वर्षीया उम्मेदवार केलीलियोफलरलाई तथा ३३ वर्षीय जोन ओसोफले ७० वर्षीय डेभिड पुर्डेलाईक्रमशः ६८ हजार र ३२ हजारको झिनो मतान्तरले पराजित गरेका हुन् । पराजित दुवै उम्मेदवार सिनेटरमा दोस्रो कार्यकालकालागि भिडेका थिए ।

डेमोक्रेटिक पार्टीका उम्मेदवारको यो विजयले अमेरिकी राजनीति अब सही दिशामा जाने आँकलन गरिएको छ । दुवै पार्टीका लागि जर्जियाको निर्वाचन अत्यन्त महत्वपूर्ण मानिएको थियो । अमेरिकाको दुइ सदनमध्ये तल्लो सदनहाउस अफ रिप्रिजेन्टेटिभमा कुल ४३५ सिटमध्ये डेमोक्रेटिक पार्टीको २३२ सिटसहित स्पष्ट वहुमत छ र माथिल्लो सदनसिनेटमा पनि वहुमत पुर्याए पछि भावी राष्ट्रपतिजो वाइडेनले आफ्ना चुनावी एजेण्डालाई स्थापित गर्नेछन् ।

वाइडेनले मूलतः कोरोना महाव्याधी, जनस्वास्थ्य, कर, ऊर्जा र वातावरणका बारेमा आफ्ना एजेण्डाहरु प्रस्तुत गर्नेछन् । वाइडेन जनवरी २० देखि राष्ट्रपतिको जिम्मेवारीमा रहनेछन् । जर्जियामा मंगलवार दुईवटा सिनेटरको छुट्टाछुट्टै पुनःनिर्वाचन भएको थियो । जर्जियाको यो पराजयले सिनेटका नेता मिचम्याक कोनेलको शक्ति पनि खोसिएको छ । दुवै सदनमा कमजोर रहेको रिपब्लिकन पार्टीले अब कम्तिमा पनि दुइ वर्षपछि हुने मध्यावधि निर्वाचन कुर्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!