२०८१ फाल्गुन ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

चितवन, २४ पुस । चितवनको खैरहनी नगरपालिका १० कठार खरखुट्टेलाई ‘आलु गाउँ’ले चिनिने गरेको छ । यो गाउँका किसानहरुले आलु खेतिबाट नै करोडौँ रुपैया गाउँमा भित्र्याउने गर्छन ।

अन्य खेतिबाट लागत मुल्य उठाउन पनि धौ धौ हुने गरेकोमा आलु खेतिबाट मनग्य आम्दानी लिन सकिने किसान कृष्ण प्रसाद अर्यालको अनुभव छ । खरखुट्टेका किसानहरुले बेलायतबाट ल्याएको ब्लु डायमण्ड एम एस र रातो लगाएत बिभिन्न जातका आलु लगाउने गरेका छन् ।

अन्य आलुमा भन्दा ब्लुडायमण्ड जातको आलु खेति गर्दा छिटो र धेरै फल्ने भएको कारण किसानहरुले ब्लु डायमण्ड जातको आलु लगाउने गरेका हुन । यहाँका किसानहरुले न्युनतम १ लाखदेखि २० लाख सम्मको आलु बिक्री गर्ने गरेको किसानहरुले बताएका छन् र करिब २ सय ५० बिगाहामा आलु खेति गर्दै आएका छन् ।

यहँका किसानहरुले एक सिजनमा करिब २० करोडको आलु बिक्री गर्ने गरेको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!