२०८२ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २३ पुस । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश संरचना सङ्घीयताको मुटु भएको बताएका छन् । बिहीबार आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्दै मुख्यमन्त्री राईले केन्द्र र स्थानीय तहको प्रयोग लामो समयदेखि भए पनि प्रदेश संरचना नयाँ भएको बताए ।

प्रदेशको सरकार सञ्चालनसँगै प्रदेश १ मा विकासको कामले गति लिएको दाबी गरे । सङ्घीयताको मुटु प्रदेश भएजस्तै प्रदेश सरकारको मुटु आर्थिक मामिला तथा योजना मन्त्रालय भएको उनको भनाई थियो ।

मुख्यमन्त्री राईले पछिल्लो राजनीतिक घटनाक्रमले केही अन्यौलता देखिए पनि अन्यौलतामा नपरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए । उनले भने, ‘प्रदेशमा जसरी घटनाक्रम अघि बढेको छ, कोही पनि यसको भ्रममा पर्नु हुँदैन ।

आगामी माघ ७ गतेको प्रदेशसभाको बैठकपछि सबै अन्योल हटेर जाने उनले विश्वास व्यक्त गरे । सरकार परिवर्तन हुने हल्लाको पछि लाग्नुपर्ने अवस्था नभएको भन्दै उनले आफू नेतृत्वको सरकार निरन्तर अघि बढ्ने भएकाले कोही, कतै र कसैबाट प्रभावित नभई उच्च मनोबलका साथ काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए ।

संविधानको जगमा बनेको यो सरकारले समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई पूरा गर्ने र आर्थिक मन्त्रालयको नेतृत्व अब ठीक ढङ्गबाट अघि बढ्ने उनको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!