२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २४ पुस ।  वायु प्रदूषणले बिग्रिएको काठमाडौँलगायतका नेपालका विभिन्न सहरको वातावरण केही सुधार भए पनि अझै अस्वस्थकर नै छ । सोमबार र मङ्गलबारको तुलनामा बिहीबार केही सुधार भए पनि अझै मानव स्वास्थ्यका लागि उपयुक्त हुने गरी वायुको गुणस्तर सुधार भई नसकेको वातावरण विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले जानकारी दिए ।

विभागको वायु प्रदूषण मापन यन्त्रले वायुको अवस्था ‘अति हानिकारक’बाट ‘अस्वस्थकर’ सूचाङ्क देखाइरहेको छ । पीएम २.५ को आधारमा विभागले गरिरहेको विश्लेषणअनुसार काठमाडौँको वायुको सूचाङ्क बुधबार २२८.९२५ माइक्रोग्राम प्रतिघनमिटर प्रदूषण कायम रहेको छ ।

काठमाडौँसहित जनकपुर, विराटनगर, मकवानपुर, चितवन, पोखरासहितका सहरको वायु अस्वस्थकर प्रदूषणयुक्त रहेको छ । त्यसले अत्यावश्यक कामबाहेक अझै पनि घरबाहिर धेरै हिँडडुल नगर्न विभागले सुझाएको छ ।

लामो समय पानी नपर्दा स्थानीय वायुमण्डलमा तैरिएको धुलो, धुवाँसँगै पश्चिमी वायुले भारतहुँदै ल्याएको धुलोका कणका कारण विगत दुई दिन काठमाडौँलगायत नेपालका सहरको वातावरण‘अति हानिकारक’ अवस्थामा पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!