
विराटनगर । म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । शनिबार राति वाट्फोर्डलाई १-० गोल अन्तरले पराजित गर्दै युनाइटेडले अघिल्लो चरणमा स्थान बनाएकाे हो ।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन स्कट म्याक टोमिनेले निर्णायक गोल गरे । उनले खेलको पाचौं मिनेटमा गरेको गोल युनाईटेडको जितमा निर्णायक बनेको थियो ।
अर्को खेलमा आर्सनलले न्यूकासलमाथि २-० गोलकाे जित निकाल्दै चाैथाे चरणमा स्थान बनायाे भने लेष्टर सिटीले स्टोक सिटीलाई ४-० ले हराएर चौंथो चरणको यात्रा तय गरेको हो ।