
काठमाडौं, २६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) राष्ट्रियसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । आज दिउँसाे १ बजे प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने तय भएको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले पुष्टि गरेका छन् ।
आजको राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीले सम्बोधन गर्ने उल्लेख गरिएको छैन । तर, प्रधानमन्त्री ओलीले आफैं राष्ट्रिय सभामा आउँछु भनेपछि सम्बोधनका लागि समय तय गरिएको बताइएकाे छ ।