२०८१ चैत्र १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               
खानेपानी तथा सरसफाई मन्त्री मणिचन्द्र थापाले पार्टी भित्रबाट प्रधानमन्त्रीमाथि कू गर्न खोजेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्नुपरेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रबाट प्रधानमन्त्रीलाई हटाएर कू गर्न खोजिएपछि प्रधानमन्त्री ओलीले ताजा जनादेश लिनका लागि प्रतिनिधि सभा विघटन गर्नुपरेको बताए ।
देशलाई कूको बाटोमा जानबाट जोगाउन प्रधानमन्त्री ओलीले चुनावको बाटो रोज्नु भएकोले अब चुनावको विकल्प नभएको बताए ।  मन्त्री थापाले आफू मन्त्री पद पाउनकै लागि प्रचण्डलाई धोका नदिएको समेत बताए ।
उनले प्रधानमन्त्री ओलीलाई प्रचण्डले धोका दिएको समेत बताए ।  उनले भने, ‘बरु प्रचण्डले समकालिन नेताहरुलाई धोका दिँदै आउनुभयो । प्रधानमन्त्री केपी ओलीलाई पनि प्रचण्डले धोका दिनुभएको छ ।’
आफ्ना लागि मन्त्री बन्ने ठूलो कुरा नभएको दाबी गरे । पार्टीभित्रको झगडाले देश अस्थिरताबाट जानखोजेको र यसलाई रोक्न नयाँ म्याण्डेटको आवश्यकता परेको बताए । प्रतिनिधिसभा बिघटनबारे उनले भने, ‘यो कानुनीभन्दा पनि राजनीतिक निर्णय हो ।’
मन्त्री थापाले संसद् पुनः स्थापना हुनै नसक्नेमा जोड दिँदै निर्वाचनले मात्रै मुलुकमा स्थायित्व ल्याउने र देखिएको सङ्कटको समाधान गर्ने बताए । बहुमत प्राप्त सरकार हुँदा पनि काम सही ढङ्गले सञ्चालन हुन नसक्दा र पार्टीभित्रको झगडाले देश अस्थिरतातिर जान नपाओस् भनेर त्यसलाई रोक्न निर्वाचन घोषण गर्नु परेको उनले बताए ।
वर्तमान परिस्थितिमा संसद् पुनः स्थापना हुनु देश पछाडि धकेलिनु भएको बताए । पार्टीका प्रथम अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली रहेकाले आफूहरूले पार्टीको वैधानिकता पाउने उनको भनाई थियो । मन्त्री थापाले सरकारका कामका सन्दर्भमा सकारात्मक र परिणाममुखी सन्देश दिन हरदम सकृय रहने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!