
काठमाडाैं, २६ पुस । सरकारले माघे संक्रान्तिमा सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । माघ १ गते माघिमा सार्वजनिक बिदा दिने आइतबारको मन्त्रीपरिषद्ले निर्णय गरेकाे हो ।
सरकारले राष्ट्रियसभाको सातौं अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी सरकारले गरेको हो ।
मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवशेन अन्त्य गर्न राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।