२०८१ फाल्गुन ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडाैं, २७ पुस । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरे प्रतिनिधि सभामा र नगरे निर्वाचनका लागि जनतामा जाने बताएका छन् । आइतबार एक कार्यक्रममा बाेल्दै सभापति देउवाले जनता नै आफूहरूको सबैभन्दा ठूलो अदालत भएकाले निर्वाचनमा जानसमेत आफूहरू तयार रहेको स्पष्ट पारे ।

उनले प्रतिनिधि सभाको मुद्दा अदालतमा विचाराधीन रहेकाले अदालतलाई प्रभावित पार्ने गतिविधि गर्न नहुनेमा जोड दिए । यो मुद्दा अदालतमा विचाराधीन भएकाले अहिले केही बोल्न नमिल्ने बताउँदै उनले जनता मतदान गर्न उत्साहित रहेको जनाउँदै उनले सर्वोच्च अदालतले मध्यावधि चुनावमा जाने विषयमा निर्णय लिए काङ्ग्रेस चुनावमा जाने बताए ।

सभापति देउवाले २०३६ सालको जनमत सङ्ग्रहमा पनि पार्टीले भाग लिएको सन्दर्भ चर्चा गर्दै भने, “पञ्चायतमा गरिएको चुनावमा त भाग लिएको पार्टीले अहिले निर्वाचनमा भाग लिन्न भन्नै मिल्दैन, निर्वाचनमा सहभागी हुनैपर्छ ।” पार्टीका देशभरका साथीहरूले निर्वाचनमा रुचि देखाएको सभापति देउवाले स्पष्ट पारे । काँग्रेसले स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि भने लड्नुपर्ने अवस्था आएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!