
सप्तरी, २७ पुस । सप्तरी प्रहरीले २४ वर्षपछि भैँसी चोरी मुद्दाका आरोपितलाई पक्राउ गरेको छ । सप्तरीको कञ्चनरुप नगरपालिका-४ का ५० वर्षीय लक्ष्मण सरदार बाँतरलाई भैँसी चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
स्थानीय भरतलाल बहरखेर यादवको भैँसी चोरी गरेको आरोपमा बातरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए । प्रहरी नायव उपरीक्षक साहका अनुसार पक्राउ परेका बाँतरलाइ १ महिना कैद र ३७ हजार जरिवानाको फैसला गरिएको थियो । तर, उनी विगत २४ वर्षदेखि फरार रहेका थिए ।
प्रहरीले गोप्य सूचनाको आधारमा पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । पक्राउ परेका बातरलाई जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।