२०८१ फाल्गुन ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरी, २८ पुस । भारतमा वर्ड फ्ल्यूको संक्रमण देखिएकाले त्यसको असर नेपालमा पार्न सक्ने भएकाले सुनसरीको सीमावर्ती क्षेत्रमा अबैध कुखुरा बरामद गरिएको छ । प्रहरीले सीमामा बनाएको निगरानीको क्रममा भन्सार छलि ल्याउदै गरेका अबैध बोईलर कुखुरा बरामद गरि नष्ट गरेको हो ।

सोमबार नेपाल भारत सिमानामा पर्ने कोशी गाँउपालिका ८ बाट भन्सार तथा क्वारेनटाईन छलि मापडण्ड बिपरितका भारतमा उत्पादित ७४ थान अन्दाजी २३० के.जी. बोईलर कुखुरा बरामद गरिएको हो ।

बरामद गरिएको वोईलर कुखुरा जिल्ला प्रहरी कार्यालयमा ल्याई पशु भेटेनरी अस्पताल कार्यालयका अधिकृत लगायतको उपस्थितिमा खाडल खनी खाडलमा पुरी नष्ट गरिएको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!