
काठमाडाैं, २८ पुस । विवेकशील पार्टीले दाँत माझेर प्रदर्शन गरेको छ । मङ्गलबार माइतीघर मण्डलमा प्रतिनिधिसभा विघटनको विरोधमा विवेकशीलले दाँत माझेर प्रदर्शन गरेको हाे ।
त्यसबाहेक विवेकशीलले ओलीले राष्ट्रियसभा बैठकमा थुक्दै भाषण गरेको भन्दै सडकमा दाँत माझेर विराेध गरेकाे हो ।
यराष्ट्रिय सभा बैठकमा थुक्दै भाषण गरेकोप्रति पनि असन्तुष्टि जनाउँदै विवेकशीलले सार्वजनिक शिष्टताको समेत ख्याल नगरि प्रधानमन्त्री ओलीले व्यवहार देखाएको बताएकाे छ ।