२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

नेपाल–भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा बिहीबार सुरु हुने भएको छ । तीन दिन चल्ने यो बैठकमा नेपाली टोलीको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली माघ १ गते बिहीबार नै भारत प्रस्थान गर्ने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा दुई देशबीचको व्यापार, पारवहन विस्तार, ऊर्जा तथा जलाधार क्षेत्रमा भएका विकासका प्रगति तथा आगामी परियोजना, सीमा विवाद, पूर्वाधार विकासमा साझेदारी, दुई देशीय सम्पर्क सञ्जाल विस्तार मुख्य कार्यसूची रहने छन् ।

त्यसैगरी लगानीमैत्री सहकार्य, कृषिमा दुईपक्षीय सहयोग, पर्यटनमा साझेदारी तथा दुई देशबीचको सांस्कृतिक सहकार्यलगायतका अन्य कार्यसूची रहेको मन्त्रालयले मङ्गलबार जारी गरेको वक्तव्यमा उल्लेख छ ।

कोभिड–१९ को महामारी नियन्त्रणका लागि भारतले यसअघि गर्दै आएको सहयोगलाई विस्तार गर्दै त्यहाँ निर्मित खोप नेपालका लागि उपलब्ध गराउने विषय पनि एक महत्वपूर्ण कार्यसूची रहेकाले यस विषयमा थप समझदारी हुने अपेक्षा गरिएको छ ।

पाँचौँ बैठकमा छलफल र सम्झौता भएका विषयको थप प्रगतिको समीक्षाका साथै बाँकी रहेका कामलाई मार्गदर्शन गर्ने कार्यसूची पनि बैठकको छ । नेपाललाई समुद्रसँगको पहुँच र आन्तरिक जलमार्गको उपयोग, प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन, पञ्चेश्वर परियोजना कार्यान्वयन, सीमा विवाद समाधान पनि यो बैठकमा छलफल हुने जनाइएको छ ।

मन्त्री ज्ञवालीको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव भरतराज पौड्याल, स्वास्थ्य सचिव लक्ष्मण अर्याल, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य तथा अन्य सरकारी उच्चाधिकारी रहनेछन् । मन्त्री ज्ञवाली तीनदिने भारत बसाइपछि माघ ३ गते साँझ स्वदेश फर्किने कार्यक्रम छ ।

दिल्लीमा रहँदा परराष्ट्रमन्त्री ज्ञवालीले भारतका उच्चस्तरीय नेतृत्वसँग भेटवार्ता गर्नेछन् । सो क्रममा नेपाल र भारतबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउन आवश्यक परामर्श हुने मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!