२०८१ फाल्गुन १       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, २९ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालमा संसद् पुनर्स्थापनाको विषयमा दुुई धार देखिएको छ । जसपा नेपाल सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र कार्यसमिति अध्यक्ष उपेन्द्र यादव संसद् पुनस्र्थापनाको पक्षमा रहेका छन् भने अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो सर्वोच्च अदालतले गर्ने निर्णयलाई स्वीकार गर्ने पक्षमा रहेका छन् ।

सङ्घीय परिषद्का अध्यक्ष भट्टराईले सोमबार आयोजित एक कार्यक्रममा संसद् पुनस्र्थापना मात्र एक विकल्प रहेको धारणा राखेका थिए । लोकतन्त्रको रक्षाका लागि संसद् पुनस्र्थापना नै एक विकल्प हो र त्यसैअनुसार सर्वोच्च अदालतले पनि निर्णय गर्ने उनले दाबी गरे । तर सोही पार्टीका कार्यकारिणी सदस्य वृषेशचन्द्रलालले सर्वोच्च अदालतको निर्णयलाई पनि कुर्नुपर्ने बताए ।

“संसद् विघटन लोकतन्त्र विरोधी कार्य हो, यसको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ, अदालतले कस्तो फैसला गर्छ ? त्यसको आधारमा पार्टीले आगामी कदम चाल्नुपर्छ,” उनले भने ।

शक्ति पृथकीकरणलाई मान्ने हो भने सर्वोच्च अदालतको निर्णयलाई मान्नुपर्ने जसपा नेपालका अर्का नेता डा. सुरेन्द्र झाले बताए । जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतको निर्णयलाई कुर्नुु पर्ने पक्षमा रहेको उनले जानकारी दिए ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड–माधव समूह)सँग सहकार्य गरेर जानुपर्ने पक्षमा छन् भने अध्यक्ष ठाकुर अहिलेको अवस्थामा प्रचण्ड–माधव समूहसँग सहकार्य गर्न नसकिने पक्षमा रहेका छन् ।जसपा कार्यकारिणी सदस्य वृषेशचन्द्रलालले जसपा नेपालका लागि नेकपा ओली समूह र प्रचण्ड–माधव समूह उस्तै रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!