२०८१ फाल्गुन ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

मोरङ, १ माघ । केही दिनयता बाक्लो हुस्सु र कुहिरोका कारण देशका कतिपय ठाउँमा हवाई सेवाहरु प्रभावित भएका छन् । विमानस्थल खुल्दै नखुल्ने मात्र होइन ढिलो खुल्ने र छिटो बन्द हुनाले समेत हवाई उडानहरु अवरुद्ध हुने गरेका हुन् ।

मौसमका कारण प्लेन रद्द भएपछि अहिले हवाई यात्रुहरु सडक यात्रा रोज्न बाध्य भएका छन् । मौसम कै कारण हिजो पनि यस मौसमको दोश्रो चोटी विराटनगर विमानस्थल नखुल्दा सबै हवाई उडान र अवतरण रद्द भएको छ ।

मौसमका कारण यस वर्ष सोमवार पहिलो पटक सबै हवाई उडान अवरुद्ध भएको थियो । सुरक्षित हवाई उडान र अवतरणका लागि १ हजार ६ सय मिटर भिजिबिलिटी र २ हजार मिटर सिलिङ चाहिन्छ । तर हिजो भिजिबिलिटी ७ सय मिटर र सिलिङ १ हजार ५ सय मिटर मात्र रहेकेा यति एयरलाइन्सका स्टेशन मेनेजर प्रेम कुँवरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!