२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडाैं, १ माघ । आजदेखि एक बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने भएको छ ।

गत २३ पुसमा नै राष्ट्र बैंकले भुक्तानी सम्बन्धी निर्देशन जारी गर्दै अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरेसँगै आजदेखि अन्य बैंकको एटिएम प्रयोग गर्दा शुल्क लाग्ने भएको हो ।

यद्यपि महिनामा दुई पटक मात्रै प्रयोग गर्दा भने नि:शुल्क गर्नुपर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ । दुई पटकभन्दा बढी कारोबारमा प्रति कारोबार २० रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

आज निर्देशन जारी गर्दै शुल्कको अधिकतम सीमा प्रतिकारोबार २० रुपैयाँ समेत राष्ट्र बैंकले तोकिदिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!