२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

नेपालगञ्ज, १ माघ । काेराेना भाइरस संक्रमणबाट पूर्वमन्त्री, संविधानसभा सदस्य तथा भूमि सम्बन्धी समस्या समाधान आयोगका सदस्य र नेकपाका केन्द्रीय नेता बाँके निवासी दिनेशचन्द यादवको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण स्वास्थ्य अवस्था गम्भीर भएपछि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराइरहेका यादवको बिहीबार बिहान २:३० बजे निधन भएको हो ।

उनका आफन्त सोहनलाल यादवका अनुसार कोरोना संक्रमण भएर गम्भीर अवस्थामा पुगेपछि बाँकेबाट उपचारका लागि यादवलाई काठमाडौंस्थित ग्राण्डी अस्पतालमा लगिइएको थियो ।
७५ वर्षीय यादवलाई मुटुसम्बन्धी समस्या समेत रहेको थियो ।

यादव सत्तारुढ दल नेकपाका केन्द्रीय सदस्य तथा पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री, संविधानसभाका सदस्य, हाल भूमि व्यवस्थापन तथा सुकुम्बासी आयोगका सदस्य तथा नेकपाको बाँके जिल्ला इन्चार्ज थिए ।

गम्भीर प्रकारको कोरोना संक्रमण भएपछि उनलाई नेपालगञ्जबाट थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएकोमा पछिल्लो समयमा आएर अवस्था झन जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उनको उपचार भैरहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!