२०८१ फाल्गुन ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               
तम्घास, १ माघ । गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं २ अर्बेनी कोटदेखि बिहेका लागि स्याङजाको जैपते जाँदै गरेको ग १ ज ५०८६ नम्बरको जिप सोही वडाको खर्क नजिकैको ओरोलोमा दुर्घटना भएको स्थानीय लक्ष्मीपति न्यौपानेले जानकारी दिए ।

जीपमा करिब १५ जना सवार रहेको उहाँले बताउनुभयो । जिपमा सवार बेहुलाका बुवाहरु प्रकाश पान्डे, शोभाखर, शिवलाल, चालक राजन पाण्डे र नाम नखुलेका सहचालकलाई शरीरका विभिन्न भागहरुमा चोट लागेको छ ।

उनहरुलाई स्याङ्जाको मिर्मी तर्फ उपचारका लागि लगिएको छ । घटना स्थल तर्फ पुर्तिघाट प्रहरी चौकीको टोली जाँदै गरेको छ । घटनाको बारेमा विस्तृत विवरण आउँन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!