
विराटनगर, १ माघ । विराटनगरमा कर्नफ्लेक्स सर्किएर बालकको मृत्यु भएकाे छ । विराटनगर-९ का १२ वर्षीय हेमन ढकालको कर्नफ्लेक्स सर्किएर मृत्यु भएकाे हो ।
खानेकुरा सर्किँदा गम्भीर घाइते भएका उनको बिहीबार उपचारको क्रममा मृत्यु भएको छ। दूधसँग ओट्स मिसाएर खाँदै गर्दा सर्किएको थियो । उनी बिकेभिएम स्कुलमा कक्षा ५ मा अध्ययनरत् थिए । उनको उपचारको क्रममा न्युरो अस्पतालमा मृत्यु भएको बिकेभिएमका अध्यक्ष रविन दाहालले जानकारी दिए।
बालकलाई सप्तकोसी नर्सिङ होम हुँदै न्युरो अस्पताल लगिएको थियो। बालकको मृत्युपछि शुक्रबार स्कुलमा बिदा दिइएको छ।