२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडाैं, २ माघ । सरकारले कोरोना भाइरस विरुद्धको खोप नेपाल भित्र्याउन नीतिगत तथा प्राविधिक व्यवस्थापनको कार्य अघि बढाएको छ । सीमित मुलुकमा खोपको विकास भएकोले सम्बन्धित देशहरूसँग सरकारका तर्फबाट आवश्यक समन्वय र सम्पर्क भइरहेको छ ।

चरणगत रुपमा निःशुल्क खोप अभियान सञ्चालन गर्ने तयारी अन्तर्गत खोपको भण्डारण क्षमता वृद्धिका लागि सातै प्रदेशहरूमा भण्डारण गृह बनाउने, आकस्मिक खोप प्रयोगका लागि स्वीकृति लिने, अस्पतालका बेडहरूमा सुधार, स्वास्थ्य कर्मचारी परिचालन तथा नीतिगत सुधार लगायतका काम अघि बढाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार खोप अभियानका लागि लक्षित समूह बनाई चरणगत रुपमा मुख्य जोखिम रहेका ३ प्रतिशत स्वास्थ्यकर्मी, अग्रपङ्क्तिमा कार्यरत व्यक्ति, ५५ वर्ष माथिका दीर्घ रोगीलगायतको तथ्याङ्क सङ्कलन गर्ने कार्य भइरहेको छ ।

यस्तै १६ हजार खोप केन्द्र, ५ हजार कर्मचारी र ५२ हजार महिला स्वयंसेवक परिचालन गर्ने तयारी रहेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेस् त्रिपाठीले सबै सम्भावनाहरूको पहिचान गर्दै खोपका सम्बन्धमा भारत, रुस र संयुक्त अरब इमिरेट्स लगायतका देशसँग वार्ता गरिरहेकोले नेपालमा समयमै पारदर्शी रुपमा खोप ल्याइने र लगाइने विषयमा आश्वस्त हुन सबैमा आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!