२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सप्तरीमा प्रहरीले चोरी गरिएको नगद तथा विभिन्न सामानसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राजविराज नगरपालिका ६ बस्ने सैनी भनिने सनिया मण्डल, उनकी बहिनी ज्योति मण्डल, वडा नम्बर ४ का समीम अन्सारी र रुपनी गाउँपालिका ४ बस्ने लाल महम्द राइन छन् ।

यी चार जनामध्ये सनिया चोरी गर्ने, उनकी बहिनीले चोरिएका सामान र नगद लुकाउने, समीमले नगद र सामान राखिएको ठाउँमा पहरा दिने र अन्सारीले सनिया चोरी गर्न लाग्दा बाहिर बसी पहरा दिने काम गरेको प्रहरीले जनाएको छ ।

आइतबार राति राजविराज ७ गुदरीलाइनका ओमप्रकाश साहको २ तले पक्की घरमा रहेको गणेश स्टोर नामको किराना पसलबाट १ लाख ५० हजार रुपैयाँको रिजार्च कार्ड र करिब ४ लाख रुपैयाँ चोरी भएको थियो ।

प्रहरीले साहको पसलमा लागेको सिसिटिभी फुटेजको आधारमा चोरी गर्नेको पहिचान गरी खोजतलास गर्दा सनियालाई पक्राउ गरी सोधपुछ गरेका थिए ।

सोधपुछका क्रममा उनले चोरी गरेको नगद तथा रिचार्ज कार्ड राजविराज– ४ का अनिल कुमार सहनीको घरमा राखेको बयान दिएपछि सहनीको घरमा खानतलासी गर्दा सामान भेटिएको थियो ।

चेरिएका केही नगद सहनीकी श्रीमती ज्योति कुमारी मण्डल ९सोनियाकी बहिनी० ले आफूले सञ्चालन गरेको राजविराज– २ स्थित मदिरा पसलमा लुकाएको बयान दिएको प्रहरीको भनाइ छ ।

मदिरा पसलमा खानतलासी गर्दा पसलमा रहेका राजबिराज ४ बस्ने समिम अन्सारीलाई चोरी भएको नगद राख्न दिएको भेद खुलेको सप्तरीका प्रहरी प्रवक्ता तिलक भारतीले बताए । अन्सारीले मदिरा पसलको पूर्वपट्टी रहेको झुपडीमा खाल्डो खनी कपडाले बेरी लुकाई राखेको अवस्थामा नगद फेला परेको उनले बताए ।

उनीहरुको साथबाट भारतीय रुपैयाँ १ लाख ३४ हजार ५०, नेपाली रुपैयाँ १ लाख ४४ हजार ८ सय १५ र रु ५० हजार ५० बराबरको रिचार्ज कार्ड बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!