२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ४ माघ । मोरङकाे बूढीगंगा गाउँपालिका-१ मा  घरमा कोही नभएकाे माैछा छाेपेर चोरी भएकाे छ । बूढीगंगा गाउँपालिका-१ पञ्चेश्वर मार्गस्थित जीतेन्द्रकुमार माझीकाे घरमा शुक्रबार राति चोरी भएकाे हो ।

माघे संक्रान्ति मनाउन गाउँ गएका बेला चोरले घरकाे ताल्चा फुटाएर अन्दाजी ५५ हजार मूल्यबराबरकाे सामग्री चोरी गरेकाे माझीले ग्रामीण खबरसँगकाे भने । उनका अनुसार ४२ हजार रुपैयाँ बराबरकाे टिभी, ९ हजार बराबरकाे इन्भर्टर, ३ हजार ६ सय बराबरको भरिएको सिलिन्डर चोरी भएकाे हो ।

माघे संक्रान्ति मनाउन श्रीमती र छोरीसहित उनी ग्रामथान-४ मोतिपुर गएका थिए । बिहीबार त्यता गएका उनको घरमा शुक्रबार राति चोरी भएकाे हो । ‘टिभी, इन्भर्टर, सिलिन्डर चोरी भयो । चोरले तन्नामा पोकाे पारेर लगेछ । पहिले पनि घर छोडेका थियाैं । तर, यस्तो कहिले भएकाे थिएन,’ उनले भने ।

गाउँबाट शनिबार साँझमा फर्किँदा चोरी भएकाे थाहा पाएकाे उनले बताए । उनका अनुसार रिमोर्टसहित चोरी गरेकाे चोरले हिटर भने प्लगमा जोडेर छोडेकाे थियो । ‘भित्र दराजचाहिँ चलाएन छ । रिमोर्ट लिएर गए पनि चोरले हिटरचाहिँ प्लगमा जोडेर छाेडेछ । त्यो नचलेका कारण त्यहीँ छोडेकाे होला’, उनले थपे ।

उनका अनुसार अस्थायी प्रहरी चाैकी, घिनाघाटले हिजै साँझ नै घटनाबारे जानकारी लिएको थियो । यता, घिनाघाट प्रहरीले पनि घटनाबारे अनुसान्धान भइरहेकाे बताएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!