२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, ४ माघ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टी एकता कायम राख्न आफूहरूले धेरै प्रयास गरे पनि सफल हुन नसकेको बताएका छन् । अखिल नेपाल महिला सङ्घको केन्द्रिय कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले पार्टी एकता गरेको १२ घण्टा नबित्दै प्रचण्डले षडयन्त्र सुरु गर्ने गरेको बताए ।

‘खुमलटार र बालुवाटार धाउँदा धाउँदा मेरै जुत्ताको तलुवा कति फाटेफाटे’, मन्त्री ज्ञवालीले भने, ‘तर हाम्रो प्रयास सफल हुन सकेन । महाधिवेशनमा जान नसक्ने तर प्रधानमन्त्रीको कुर्सी चाहिने प्रचण्डको लोभका कारण पार्टी एकता भङ्ग भएको हो ।र बाँडीचुँडी खाने स्वार्थका कारण आजको यो अवस्था आएको हो ।’

उनले थपे, ‘प्रधानमन्त्री केपी शर्मा ओली म स्वयम खुमलटार पुगेर फागुनमै विशेष महाधिवेशन गरौँ, म छोड्छु भन्दा पनि प्रचण्ड तयार भएनन् ।’ मन्त्री ज्ञवालीले संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गर्ने क्रममा समेत प्रचण्डले सांसदहरूलाई झुक्याएको बताए ।

‘बाटो र बिजुलीको पोल चाहियो भनेर सांसदहरूलाई बोलाएर प्रधानमन्त्री फाल्ने प्रस्तावमा हस्ताक्षर गर्न लगाइयो’, उनले भने, ‘उहाँहरूको षडयन्त्र त्यतिमै मात्र सीमित थिएन राष्ट्रपतिविरुद्ध पनि महाअभियोगमा जाने योजनामा हुनुहुन्थ्यो ।’

सरकारले अहिलेसम्म हुनै नसकेको काम खुरुखुरु गर्न लागेका कारण प्रचण्ड र माधव कुमार नेपाल तिलमिलाएको र सरकारको लोकप्रियता बढ्दै गएका कारण आफ्नो प्रधानमन्त्री बन्ने सपना पुरा नहुने देखेपछि षडयन्त्र गर्नतिर लागेको मन्त्री ज्ञवालीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!