२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, ४ माघ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र विधिको शासन कमजोर हुने गतिविधि नगर्न राजनैतिक दलहरूलाई आग्रह गरेका छन् । अखिल नेपाल महिला सङ्घले आइतबार काठमाडौँमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले लोकतान्त्रिक गणतन्त्र, संसदीय व्यवस्था तथा विधिको शासनलाई कमजोर बनाउने गतिविधि नगर्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले राजनैतिक दलका गतिविधिले निर्वाचन आयोग, न्यायालय लगायतका संस्थाको काममा अवरोध पुर्‍याउँदा लोकतन्त्र कमजोर हुने अवस्था आएको बताए । प्रधानमन्त्री ओलीले राष्ट्रपतिले गरेका काम तथा निर्णयका बारेमा राष्ट्रपति पदको गरिमा र मर्यादा विपरीतको गतिविधि नगर्न समेत आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रपतिका सबै निर्णय र कामहरू नेपालको प्रचलित कानुनअनुसार प्रधानमन्त्री वा मन्त्रिपरिषद्को सिफारिसमा भएको हुनाले त्यसमाथि उठेका सबै प्रश्नको जवाफ दिन आफू तयार रहेको समेत बताए ।

प्रधानमन्त्री ओलीले पार्टीभित्र सधैँ विरोध मात्रै गर्ने र काम गर्नै नदिने गतिविधिका कारण कारबाही गरेर निकाल्नुपर्ने अवस्था आएका बेला केही व्यक्तिहरू आफै निस्किएर गएका हुनाले अब पार्टी समेत निर्बाध रूपमा अगाडि बढ्ने बताए ।

सरकारले तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र विद्रोहका सबै लडाकु तथा घाइतेहरूको यथोचित सम्मान र व्यवस्थापनको व्यवस्था गर्ने बताउँदै प्रधानमन्त्री ओलीले विगतको घटना र संलग्नता लाई लिएर विचलित नभई एकताबद्ध हुन सबै कार्यकर्ताहरूलाई आग्रह समेत गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!