२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सोलुखुम्बु, ५ माघ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ११ बरडाँडा र नेचासल्यान गाउँपालिकाको सीमानाको महादेव भीरमा भएको गाडी दुर्घटना हुँदो तीन जनाको मृत्यु भएको छ ।
आइतबार राती करिब साढे ११ बजे बा ४ ख ७९८० नम्बरको आइचर (टिपर) दुर्घटना हुँदा ज्यान गुमाउनेहरुमा ३३ बर्षिय चालक कमल मगर, हेटौडाका अन्दाजी २३ बर्षका रामकुमार मगर, सप्तरीका १९ बर्षिय कृष्ण चौधरी रहेका छन् । चालक मगरको ठेगाना खुलेको छैन् ।

हेटौडाका २३ बर्षिय रमेश मगर गम्भिर घाइते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु लगिएको छ । सो जीप सडकबाट करिब ३ सय मिटर तल खसेको स्थानीय दिपेन्द्र पराजुलीले जानकारी दिए । दुर्घटनाग्रस्त आइचर ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत आयोजनो निर्माणमा प्रयोगमा रहेको खुल्न आएको छ ।

२३.५ मेगावाटको अपर सोलु जलविद्युत आयोजनमा निर्माण प्रयोग भएका सामाग्री निमाणाधीन सोलु खोला दूधकोशी जलविद्युत आयोजनामा लैजाने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!