२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, ५ माघ । केही दिनअघि बेलायताबाट फर्किएका तीन जनामा नयाँ प्रजातिको भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दैै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसको पुष्टि गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले हस्ताक्षर गरेको बिज्ञप्तिमा बेलायतबाट आएका तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि भएको उल्लेख छ ।
हङकङस्थित प्रयोगशालामा गरिएको परीक्षणमा तीन जनामा नयाँ प्रजातिको कोरोना देखिएको जानकारी विज्ञप्तिमा उल्लेख छ ।

केही दिनअघि बेलायतबाट आएका छ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि उहाँहरुलाई कोरोनाको नयाँ प्रजाति हो वा हैन पत्ता लगाउन विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङको प्रयोगशालामा नमूना पठाइएकामा तीन जनामा नयाँ कोरोनाको प्रजाति रहेको पुष्टि भएको हो ।

हङकङबाट सोमबार नमूनाको रिपोर्ट आएकोमा बेलायतबाट फर्किएकामध्ये २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरूषमा देखिएको भाइरस यसअघि बेलायतमा देखिएको नयाँ भेरियन्टसँग मिलेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नयाँ प्रजातिको कोरोना संक्रमण देखिएकामध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरूष संक्रमणमुक्त भइसकेका र ६७ वर्षीय पुरूषमा पनि कुनै लक्षण नदेखिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!