२०८२ कार्तिक २१       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडाैं, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल –नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त उपलिब्धको रक्षा गर्न फेरि एकजुट भएर सङ्घर्षमा उत्रनुपर्ने बताए । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक तथा भेलालाई सम्बोधन गर्दै उनले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धि गुम्न नदिन आन्दोलनमा उत्रनाको विकल्प नभएको स्पष्ट गरे ।

अध्यक्ष दाहालले भने, “जनताले ७० वर्ष लडेर ल्याएको उपलब्धि रक्षाका लागि सङ्घर्षमा होमिनुको अहिलेको आवश्यकता हो ।” उनले प्रधानमन्त्री ओलीका कारण अहिलेसम्म प्राप्त उपलब्धि खतरामा परेको टिप्पणी गरे ।

पूर्वप्रधानमन्त्री दाहालले पार्टीभित्रको विवाद लिएर पदसँग जोडेर हेर्ने गरिएकामा आपत्ति जनाउँदै पार्टीभित्र विधि र विधानको मात्र विवाद भएको बताए । “प्रधानमन्त्री ओलीले पार्टीको निर्णय नमानेर सङ्कटको अवस्था आएको हो”, उनले भने ।

उहाँले पार्टीभित्रको समस्याको विषयमा छलफल नै नगर्ने र बहुमतको निर्णय पनि नमानेको कारण अहिलेको स्थिति आएको बताए । पार्टी एकता हुँदा जारी राजनीतिक प्रतिवेदन नै एकताको आधार भएको उल्लेख गर्दै उनले भने, “नियम र विधि नमान्दा पार्टी विभाजित भयो ।”

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!