२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सप्तरी, ७ माघ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संसद् पुनर्स्थापना नभए निर्वाचनमा जाने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध जसपाले सप्तरीको राजविराजमा बुधबार आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्नेक्रममा यादवले अदालतले प्रतिनिधिसभा पुनर्स्थापना नगरे पार्टी जनअदालतमा जाने बताएका हुन् ।

संविधानमा भएको व्यवस्थानुसार सर्वोच्च अदालतले विघटनलाई खारेज गरी पुनर्स्थापनाको फैसला गर्ने विश्वास व्यक्त गर्दै नभए निर्वाचनका लागि तयार रहेको स्पष्ट गरे । कोभिड–१९ का कारण रु साढे ६ खर्बको नोक्सान बेहोरेको अर्थतन्त्रले चुनावका लागि थप रु २० अर्ब खर्च धान्न नसक्ने अवस्थामा निर्वाचनमा जाने निर्णय गलत भएको पूर्वउपप्रधानमन्त्री यादवले बताए ।

सो अवसरमा जसपाका नेता राजेन्द्र महतोले नेपाल–भारत सीमा अवरुद्ध गरेर मात्र कोरोना नरोकिने बताए । विरोधसभामा प्रदेश नं २ का मन्त्री नवलकिशोर साह र शैलेन्द्रप्रसाद साह तथा जसपाका नेता रेणु यादव र मनीष सुमनले कम्युनिष्ट र कांग्रेसको प्रलोभनमा नफस्न सबैमा आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!