
रुपन्देही, ८ माघ । रुपन्देहीमा जलाएर फालेको अवस्थामा पुरुषको शव भेटिएकाे छ । मायादेवी गाउँपालिका-७, गरकट्टीस्थित दानव नदी छेउको खेतमा जलाएको अवस्थामा एकजनाको शव फेला परेको रुपन्देही प्रहरीले जानकारी दिएको छ ।
रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलले अन्दाजी ३५/४० वर्षका ती पुरुषलाई जलाएर हत्या गरिएको हुनसक्ने बताए ।
घटनास्थलमा रगत र प्लाष्टिकको पाइपसमेत भेटिएको छ । शव कसको हो र कसले किन हत्या गर्यो भन्ने अझैसम्म खुल्न नसकेको उनले बताए। सनाखतका लागि १ सय बढी स्थानीयलाई बोलाएर देखाए पनि पहिचान हुन नसकेको प्रहरीले बताएको छ । प्रहरीले शवलाई पोस्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाएको छ ।
घटनामा संलग्न दोषीको पहिचानका लागि नेपालगञ्जबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।