
विराटनगर, ८ माघ । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले इटालीमा आफ्नो चाैथाे उपाधि जितेका छन् । बुधबार राति युभेन्टसले नापोलीलाई २-० गोलले हराउँदै इटालियन सुपर कपको उपाधि जितेको थियो ।
साे खेलमा रोनाल्ड एक गोल गरेका थिए । अर्को गोल भने अल्भाराे माेराेटाले गरे । सन् २०१८ मा रियल मड्रिडबाट युभेन्टसमा अनुबन्धित रोनाल्डोले २ वटा सरी ए र २ वटा सुपर कपको उपाधि जितेका छन् ।
पोर्चुगिज फरवार्डले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए भने सब्सिटिट्युट अल्भारो मोराटाले इन्जुरी समयमा गोल गर्दै युभेन्टसको जीत सुनिश्चित गरे । म्यानेजरका रुपमा आन्द्रे पिर्लोले पहिलो उपाधि हात पारेका छन् ।
गोलले जोसेफ बिकानको विवादीत गोल संख्यालाई उछिन्दै रोनाल्डो सर्वकालिन सर्वाधिक गोलकर्ता बनेका छन् ।